Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुबई पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

दुबई पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

शुक्रवार, मंसिर २८ २०८१
  •  काठमाडौं । आकर्षक तलबमा दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका -६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् । उनलाई काठमाडौँबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    आकर्षक तलबमा दुबई पठाइ दिने भन्दै चित्रकारले पीडितसँग ४ लाख रुपैयाँ लिएको र त्यसपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए ।

    सोही उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार