Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारीका लागि दुवई पुगेका शम्भु ११ महिनादेखि अलपत्र, नेपाल फर्काउन सहयोग गरिदिन श्रीमतीको अपिल

वैदेशिक रोजगारीका लागि दुवई पुगेका शम्भु ११ महिनादेखि अलपत्र, नेपाल फर्काउन सहयोग गरिदिन श्रीमतीको अपिल

शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौँ । रामेछाप नगरपालिका–९ कि कल्पना विश्वकर्माले वैदेशिक रोजगारीको क्रममा दुवई गएका आफ्ना श्रीमान शम्भु विश्वकर्मालाई नेपाल झिकाउन सहयोग गरिदिन अपील गरेकी छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना श्रीमानलाई बैंकिङ कसुरमा फसाइएको र विगत  ११ महिनादेखि अलपत्र अवस्थामा दुवइको सडक पेटीमा बस्दै आएको बताइन् ।

    कल्पनाका अनु्सार उनका श्रीमान शम्भु काठमाडौँको टोखा–५ बुढानीलकण्ठमा रहेको मोभिरा ओभरसिज प्रा.लि. बाट वैदेशिक रोजगारीका लागि दुवई गएका थिए । कम्पनीले करार सम्झौताबमोजिम तलब, सेवा, सुविधा उपलब्ध नगराएपछि आफ्ना श्रीमान शम्भुले सो कम्पनी छाडेर भागेको कल्पनाले बताईन् ।

    images

    त्यसपछि एक पाकिस्तानी नागरिकले काम लगाइदिएको उनले बताईन् । उक्त पाकिस्तानी नागरिकले शम्भुको आईडी कार्ड र हस्ताक्षर दुरुपयोग गरी एक वित्तीय संस्थाबाट ऋण लिएपछि उनलाई नेपाल आउन नदिइएको कल्पनाको भनाइ छ । कल्पनाका अनुसार पाकिस्तानी नागरिकले शम्भुको कागजात र हस्ताक्षर दुरुपयोग गरी बैंकिङ ठगी गरेको कारण १२ लाख बढी नेपाली रुपैयाँ तिरेमात्रै उनी नेपाल आउने वातावरण बन्ने छ ।

    आफ्नो घरको आर्थिक अवस्था एकदमै कमजोर रहेको र कमाउन वैदेशिक रोजगारीका लागि दुवई पुगेका श्रीमान पनि विचल्ली अवस्थामा रहेको भन्दै उनले आफूले सकेको सहयोग गरिदिन अपिल गरेकी छन् ।  साथै, शम्भु वैदेशिक रोजगारीमा गएको मोभिरा ओभरसिजबाट नेपाल फिर्ता ल्याउन कुनै प्रयास नै नभएको उनको भनाइ छ ।

    सरकारी निकायहरुबाट पनि आफूले सहयोग नपाएको उनले बताइन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार