Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्दै नबिल बैंक

सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्दै नबिल बैंक

बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । मोबाइल, ल्यापटपलगायत पुराना विद्युतीय सामान ‘अपसाइकल’ र ‘रिसाइकल’ गरी विक्री गर्ने दीक्षित फुयाँलको उद्यम योजना अब छिट्टै साकार हुँदैछ । उनलाई उद्यम स्थापना तथा सञ्चालनका लागि आवश्यक शीप अब नबिल ईस्कुल अफ सोसल आन्ट्रप्रेनरसिप ‘एसएसई फेलोसिप’ कार्यक्रमले सिकाउँदैछ ।

    यसैगरी होटल, रेस्टुरेन्टहरूमा ग्राहकले आफै अर्डर गर्न सक्ने प्रविधि ‘डिजिटल वेटर’ निर्माण गर्ने निरञ्जन चापागाईंको योजना पनि यसै कार्यक्रममा छनोट भएको छ । फुँयाल र चापागाईंजस्तै २० जना युवाका योजना नबिल बैंकको एसएसई फेलोसिप कार्यक्रममा छनोट भएको हो ।

    images

    बैंकले गत साउनमा सूचना प्रकाशित गरी फेलोसिप कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको थियो, जसमा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्षमाथिका नेपाली नागरिकले आवेदन दिन सक्ने व्यवस्था छ । 

    त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत ‘स्कूल अफ म्यानेजमेन्ट’ सँगको सहकार्यमा सञ्चालित एसएसई कार्यक्रम अन्तर्गत छनोट भएका युवाले ६ महीनासम्म प्रयोगात्मक तालीम पाउनेछन् । यसका लागि हरेक महीना तीन दिन आवासीय तालीम समेत सञ्चालन हुनेछ । यसैगरी छनोट भएका युवाले तथा एक वर्षसम्म मेन्टरसिप सहयोग समेत पाउँछन् । 

    युवालाई सामाजिक उद्यममा आकर्षित गर्ने उद्देश्यसहित नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नबिल एसएसई कार्यक्रम शुरू गरेको हो । कार्यक्रम अन्तर्गत युवालाई उद्यमशील बनाउन फेलोसिप कार्यक्रम र शीप विकासका लागि सर्टिफिकेसन कोर्स सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

    २०७८ सालदेखि शुरू भएको फेलोसिप कार्यक्रमअन्तर्गत ६० जना युवालाई सहयोग गरिएको छ । तीमध्ये ५६ जनाले उद्यम गरिरहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिए । ‘हिजो सीएसआर अन्तर्गत यो कार्यक्रम गर्छौं भन्दा राष्ट्र बैंकबाट स्वीकृति पाउन गाह्रो भयो,’ उनले भने, ‘अहिले यो बैंकिङ क्षेत्रकै अनुकरणीय काम बनेको छ, उहाँहरूले नै यसलाई सफल सीएसआरको उदाहरणका रूपमा सुनाउन थाल्नुभएको छ ।’ बैंकको कार्यक्रमबाट उत्पादन भएका उद्यमीले एक हजार २ सय उद्यमीलाई रोजगारी दिएको उनले जानकारी दिए ।

    यसैगरी एसएसई कार्यक्रम अन्तर्गत उद्यमशीलताबारे सर्टिफिकेसन कोर्स समेत सञ्चालन भइरहेको छ । तीन महीना अवधिको यो तालीम देशभरका एक दर्जन कलेजमा सञ्चालन भइरहेको छ । हालसम्म ५१८ जनाले कोर्स पूरा गरेको र ७२ जनाले उद्यम शुरू गरेको बैंकले जनाएको छ । 

    बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले बैंकलाई पैसा राख्ने र झिक्ने ठाउँका रूपमा मात्र बुझिएकोमा यसको भूमिका व्यापक छ भन्ने देखाउन एसएसई कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । बैंकका सञ्चालक निर्वाण चौधरीले सामाजिक उद्यमलाई प्रवर्द्धन गर्न निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

    बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले बैंकलाई पैसा राख्ने र झिक्ने ठाउँका रूपमा मात्र बुझिएकोमा यसको भूमिका व्यापक छ भन्ने देखाउन एसएसई कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार