Oct 29 2026 | २०८३ कार्तिक १३ गते

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको ३८औं वार्षिक साधारणसभा सम्पन्न

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको ३८औं वार्षिक साधारणसभा सम्पन्न

२५ दशमलव ५ प्रतिशत लाभांश पारित

बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३८औं वार्षिक साधारणसभा मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । सभामा बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ७० करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको जानकारी गराइएको छ । यस अवधिमा बैंकले करपछिको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेको छ । 

    साधारणसभाले बैंकका शेयरधनीलाई १९ प्रतिशत नगद लाभांश र ६ दशमलव ५ प्रतिशत बोनस शेयर गरी २५ दशमलव ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

    images

    साधारणसभामा बैंककी अध्यक्ष जरीन दारुवालाले सबै लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालालाई निरन्तर सहयोगका लागि आभार व्यक्त गरिन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल नेपालमा एकमात्र अन्तरराष्ट्रिय बैंकको रूपमा रहेको भन्दै उनले सन् १९८७ देखि हालसम्म नेपालको आर्थिक विकासमा यस बैंकको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताइन् । 

    उनले भनिन्, ‘हाम्रो दक्षतामा केन्द्रित प्रयासले बैंकिङ उद्योगमै सबैभन्दा उच्च प्रतिफल हासिल गर्न सफल भएका छौं ।’ स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७० दशमलव २१ प्रतिशत र सर्वसाधारणको २९ दशमलव ७९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार