Oct 29 2026 | २०८३ कार्तिक १३ गते

एनपीएल क्रिकेट

जनकपुरको अपराजित यात्रा टुंगियो, सुदूरपश्चिमसँग लज्जास्पद हार

जनकपुरको अपराजित यात्रा टुंगियो, सुदूरपश्चिमसँग लज्जास्पद हार

बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लज्जास्पद हार व्यहोरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अलआउट हुँदै ५१ रन मात्रै बनाउँदै लज्जास्पद हार भोग्न बाध्य भएको हो । सुदूरपश्चिमसँग ७२ रनले पराजित भएसँगै जनकपुरको अपराजित यात्रा पनि पूर्णविराम लागेको छ ।

    images

    पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित भयो ।

    दुवै टोलीले पाँच खेल खेलेका छन् । जसमा दुवैले चार जित र एक हार व्यहोरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार