काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ३३ हजार ८५२ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर हाल बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउछन्। शेयर खरिदका लागि संस्थापक शेयरधनीलाई ३५ दिन र सर्वसाधारणलाई १५ दिनको समयावधि तोकिएको छ।
शेयर किन्न इच्छुक लगानीकर्ताले सम्बन्धित बैंकको केन्द्रीय कार्यालयमा तोकिएको समयभित्र निवेदन दिनु पर्नेछ।



