Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

रविलाई पर्साबाट आज पोखरा फर्काइँदै

रविलाई पर्साबाट आज पोखरा फर्काइँदै

बुधवार, मंसिर २६ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुधबार (आज) पोखरा फर्काइँदैछ। आज (मंगलबार) दिनभर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा रविसँग बयान लिएको छ। सरकारी वकिलको रोहवरमा बिहान १० बजे नै बयान लिन थालेको थियो। अपराह्न साढे २ बजेसम्म बयान चलेको थियो।

    वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो। पोखराबाट काठमाडौँ र काठमाडौँबाट सिमरासम्म उनलाई हवाईमार्गबाट लगिएको थियो।

    images

    अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको छ। लामिछानेमाथि ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार