Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुवेतमा पुर्‍याएर मानव बेचबिखन गर्ने दुई जना पक्राउ

कुवेतमा पुर्‍याएर मानव बेचबिखन गर्ने दुई जना पक्राउ

बुधवार, मंसिर २६ २०८१
  • काठमाडौँ । कुवेतमा पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ५७ वर्षीय चन्द्र बहादुर आले मगर र मोरङ घर भएका ५१ वर्षीय पुष्प सुनार उर्फ पुष्प विक छन् ।

    फ्री भिषा र टिकेटमा कुवेतमा पठाएर जागिर मिलाइदिने प्रलोभन देखाएर उनीहरुले एकजना महिलालाई २०८१ भदौ २३ मा दुबई पठाएका थिए । दुबईबाट कुवेतस्थित महिला एजेन्टकहाँ लगेर उनीहरुले बेचबिखन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

    images

    ३ लाख रकम लिएर उनीहरूबाट बेचिएकी ती महिला कुवेतस्थित जाहरा शहरमा घरेलु कामदारको रूपमा चरम श्रम तथा यौनशोषणको सिकार भएकी थिइन् । प्रहरीको मानव बेचबिखन ब्यूरोको पहलमा उनलाई उद्धार गरेर काठमाडौँ ल्याइएको ब्यूरोका एसपी भावेश रिमालले रातोपाटीलाई बताए ।

    पुष्प सुनुवारविरुद्ध यसअघि पनि ब्यूरोमा थप दुईवटा मुद्दा दर्ता भएको भेटिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार