Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

जजिरा र थाई एयर एसिया  एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने

जजिरा र थाई एयर एसिया  एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने

फ्लाई दुबईको उडान एक महिनाका स्थगन

मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवा कम्पनीमध्ये दुईले निरन्तर उडान गर्ने र एउटाले एक महिना स्थगन गर्ने भएका छन् ।

    तीनवटै वायुसेवा कम्पनीले मौसमको कारण देखाउँदै उडान नगर्ने भन्दै उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार छलफलमा बोलाएका थिए ।

    images

    युनाइटेड अरब इमिरेट्स ९युएई० को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको थाई एयर एसियाले भैरहवामा उडान स्थगन गर्ने पत्राचार गरेका थिए । त्यसपछि प्राधिकरण महानिर्देशक अधिकारीले ती तीन वायुसेवाका नेपालस्थित प्रतिनिधिसँग छलफल गरेका हुन् ।

    छलफलपछि थाई एयर एसिया र जजिरा एयरवेजले भैरहवाका लागि निरन्तर नियमित उडान गर्ने सहमति गरेको र फ्लाई दुबईले एक महिनाका लागि मात्र उडान स्थगन गर्ने बताएको महानिर्देशक अधिकारीले जानकारी दिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार