Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राजनीतिक समाचार

सरकारले रविलाई निरंकुश, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहार गर्यो : प्रचण्ड

सरकारले रविलाई निरंकुश, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहार गर्यो : प्रचण्ड

सोमवार, मंसिर २४ २०८१
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् । 

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले अनुन्धानका क्रममा निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको भन्दै त्यसप्रकारको व्यवहार रोक्न सरकारलाई लेख्दै आग्रह गरेका हुन् ।

    images

    ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ, त्यसको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न सरकारलाई गम्भीर आग्रह गर्दछु ।’ उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 

    सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं ल्याएर पर्सा लगिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार