काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि सोमबार दिउँसो कुँवरलाई आयोगमा बोलाइएको सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए।
मङ्सिर २० गते मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवन जिल्ला प्रहरी कार्यालयबाट पोखरामा रातारात दुर्व्यवहार गरेर लगेको आरोप रास्वपाको छ।
मापसे गरेका प्रहरीले लामिछानेलाई उठाएको, र बिहान जहाजमार्फत पुर्याउन अनुरोध गरे पनि गाडीमै लगिएको भन्ने आरोप लगाएका थिए।
त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी दिएको थियो ।



