Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता

सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ ।

    अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ ।

    images

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका थिए ।

    अमेरिकी सहायक विदेशमन्त्री लूले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्या परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरेका थिए ।उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार