काठमाडौं । सर्वोच्च अदालतले छायादेवी सेन्टरको विवादसम्बन्धी मुद्दाको फैसला सोमबार (आज) सुनाउने भएको छ । एक दशकदेखि सर्वोच्च अदालतमा रहेको मुद्दाको सुुनुवाइ पूरा भएसँगै आज (२४ मंसिर) मा निर्णय सुनाउन लागेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दामा १७ मंसिरमा दुवै पक्षले लिखित बहस नोट पेस गरेपछि फैसला गर्न लागेको हो ।
लामो समयदेखि छायादेवी सेन्टर बनेको जग्गा गुठीको कि व्यक्तिको भन्ने विवाद अबको दुई सातापछि निरूपण हुनेछ । सर्वोच्चको फैसलाअघि ठमेलका स्थानीय र सम्पदा संरक्षण समाजले काठमाडौंमा प्रदर्शन गरेका छन् ।



