Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

कृष्णभिरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

कृष्णभिरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

आइतवार, मंसिर २३ २०८१
  • मलेखु । धादिङको कृष्णभिरमा ग्यास बुलेट दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा आज बिहान दुर्घटनामा हुँदा सडकबाट तल खसेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भिरमा अड्किएको छ ।

    images

    सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार