काठमाडौं । एक वर्षभन्दा पहिलेदेखि हमास समूहले बन्धक बनाइराखेका नेपाली विद्यार्थी विपिन जोशी जीवीत नै रहेको इजरायल सरकारले जानकारी दिएको छ ।
नेपालका लागि इजरायलका नवनियुक्त राजदूत समुलिक ए वासले जोशी गाजा क्षेत्रमा जीवित नै रहेको सूचना पाएको बताएका हुन् । राजदूत वासले भने, ‘नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले अरबी देशको स्रोतबाट पाएका छौं । हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन् । उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’
इजरायलमा कृषि अध्ययनका लागि गएका महेन्द्रनगरका विपिन जोशी हमासको आक्रमणको क्रममा १४ महिनाअघि बन्धक भएका थिए । त्यसयता उनको अवस्था अज्ञात छ ।
राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए ।



