Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राेमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

राेमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं ।  राेमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिलाइ प्रहरीले पक्राउ गरेकाे छ ।  

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुनसरी इनरूवा नगरपालिका-६ मधेषा ठेगाना भएका २९ वर्षीय सन्जिव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    images

    सन्जिवले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सोल्टिमोडबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार