Oct 29 2026 | २०८३ कार्तिक १३ गते

जनकपुर बोल्ट्सको ह्याट्रिक जित

जनकपुर बोल्ट्सको ह्याट्रिक जित

बिहिवार, मंसिर २० २०८१
  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले ह्याट्रिक जित निकालेको हो ।

    यसअघि विराटनगर किङ्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुरले आजको खेलमा पोखरालाई पराजित गरेको हो । यससँगै जनकपुरले एनपीएलमा खेलेका तीनवटै खेलमा जित निकालेको छ ।

    images

    टस जितेर सुरुवाती बलिङ रोजेको जनकपुरले पोखरालाई निर्धारित २० ओभरमा १३८ रनमा रोकेको थियो । १३८ रन बनाउँदा पोखराले ७ विकेट गुमाएको थियो । १३९ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएर लक्ष्य पूरा गरेको हो ।

    सुरुवाती ब्याटिङ गरेको पोखराका लागि दिनेश खरेलले १० तथा एन्ड्र्युज गोजले २० रन जोडे । त्यस्तै कुशल भुर्तेल ६ रनमा पेभिलियन फर्किंदा दिलीप नाथले ११ रन जोडे । मार्कस क्रिट्च्लेले ३५ रन जोडेको खेलमा रेमन रेइफरले १७, मिचेल लिस्कले २५ रन जोड्दै आउट भए । पोखराका लागि नारायण जोशीले नटआउट ५ रन जोड्दा विपिन खत्री १ रनमा अविजित रहे ।

    बलिङतर्फ जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए भने जेम्स निसमले २ विकेट लिए । त्यस्तै, किशोर महतो र मोहम्मद मोसिनले १/१ विकेट लिए ।

    बलिङतर्फ जनकपुरका अनिल साह १ रन बनाउँदै आउट हुँदा आसिफ शेखले ३३ रन जोडे । त्यस्तै, लाहिरु मिलान्थाले ४५ रन जोडे भने हर्स ठाकेर १३ रनमा नटआउट रहँदा जेम्स निसमले ४० रनमा अविजित रहे ।

    पोखराका लागि विपिन खत्री, मिचेल लिस्क र कुशल भुर्तेलले १/१ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार