Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति?

नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति?

बिहिवार, मंसिर २० २०८१
  • नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। 

    बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी (कर सहित) कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    images

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी ३१औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष भने बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गरेको थियो।

    हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ५० करोड रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार