Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

कात्तिकमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

कात्तिकमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

बुधवार, मंसिर १९ २०८१
  • काठमाडौं । गत कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या पुरानो र नयाँ दुबैको हो ।

    जसमा ६२ हजार ८९० पुरुष र आठ हजार १०० महिला रहेका छन् ।

    images

    व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको सङ्ख्या १२ हजार ५९८ रहेको छ । जसमा १० हजार २६८ पुरुष र दुई हजार ३३० महिला रहेका छन् । त्यस्तै संस्थागत (मेनपावर) मार्फत श्रम स्वीकृति लिएर २३ हजार ५५६ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।

    कात्तिकमा ६७० जना मात्रै जी टु जी मार्फत गएका छन् । चालु आर्थिक वर्षको चार महिनामा करिब साढे २ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनदेखि कात्तिक मसान्तसम्ममा दुई लाख २७ हजार ८३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार