Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपाली उत्पादनलाई बेलायतमा ‘उत्कृष्ट नेपाली ब्राण्ड’ अवार्ड

नेपाली उत्पादनलाई बेलायतमा ‘उत्कृष्ट नेपाली ब्राण्ड’ अवार्ड

बुधवार, मंसिर १९ २०८१
  • लण्डन ।  बेलायतमा स्थापित नेपाल फुड्सले सन् २०२४ को उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ । सन् २०१८ देखि नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने उद्देश्यले बेलायतमा स्थापित नेपाल फुड्सले  सो उपाधि हात पारेको हो ।

    सोमबार साँझ लन्डनको विश्वप्रसिद्ध स्थान रोयल एस्कटमा आयोजित समारोहमा नेपाल फुड्सका निर्देशक विकास नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो । बेलायतको खाद्य व्यवसाय क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत प्रदान गरिने यो अवार्ड खाद्य उद्योगको लागि निकै अब्बल मानिन्छ । अवार्ड हात पारेपछि निर्देशक नेपालले भने, ‘हामी सन् २०२४ को उत्कृष्ट नेपाली ब्रान्डको रूपमा परिचित हुन् पाउँदा निकै हर्षित भएका छौँ । यो अवार्ड नेपाली खानाको प्रवर्धन र हाम्रो समर्पणको प्रमाण मात्र नभई हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र लगनशीलता पनि हो । यस्तो विश्व प्रतिष्ठित प्लेटफर्ममा नेपाली संस्कृति र खानको प्रतिनिधित्व गर्न पाउँदा हामी  अत्यन्त गौरवान्वित छौँ ।‘

    images

    अवार्डले नेपाल फुड्सलाई प्रमाणिकरण गर्नुका साथै उच्च गुणस्तरका लागि नेपाली स्वाद र परिकारलाई विश्वव्यापी बनाउने प्रतिबद्धतालाई थप हौसला र प्रेरणा प्रदान गरेको  नेपालले बताए ।

    नेपाली खाद्य सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने निरन्तर अभियानलाई अझ थप जिम्मेवारी थपिएको उनको धारणा छ । अवार्डस् कार्यक्रममा खानाका पारखीहरू,  खाद्य समीक्षक र विभिन्न व्यवसायीहरूको जमघट थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार