Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भैरहवामा कतार एयरवेजको उडान स्थगित

भैरहवामा कतार एयरवेजको उडान स्थगित

बुधवार, मंसिर १९ २०८१
  • बुटवल । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजले उडान स्थगित गरेको छ ।

    कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडवडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौँ–दोहा रुटमा दैनिक व्यावसायिक उडान गर्दै आएको थियो ।

    images

    आइतबारदेखि नयाँ उडानका लागि अनुमित  नमागेको गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोदकुमार रावतले बताए । उनले भने, ‘नोभेम्बर ३० सम्म अनुमति मागेको थियो । नयाँ के गर्छ अझै भन्न सकिन् ।’

    नेपाल नागरिक उड्डयन प्राधिकरणकाले मङ्सिर १६ पछि पनि उडानका लागि प्रस्ताव पेस गर्न इमेलमार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको  छैन । अहिलेसम्म थप अनुमतिको लागि प्रस्तावसमेत नगरेको उनको भनाइ छ ।

    यो समयावधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

    यस क्षेत्रका पर्यटन व्यवसायीले यसलाई नियमित बनाउनुपर्ने आवाज उठाइरहेका छन् । हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले नियमित उडान भर्दै आएका छन् ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार