काठमाडौँ । सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
लामिछानेलाई भोलि पोखरा पठाइने जिल्ला प्रहरी परिसरको भनाई छ । पोखराबाट फेरि अर्को बयानका निम्ति चितवन पठाइने भएको छ ।



