Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कोहलपुरमा विद्युतीय शवदाह गृह बनाउन ग्लोबल आईएमई बैंकको २० लाख सहयोग

कोहलपुरमा विद्युतीय शवदाह गृह बनाउन ग्लोबल आईएमई बैंकको २० लाख सहयोग

बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    ग्लोबल आईएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगीता सुवेदीलाई एक समारोहका बीच सहयोग हस्तान्तरण गरेकी हुन् ।

    images

    कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका-११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यबाहक नगर प्रमुख सुवेदीले जानकारी दिइन् ।

    यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको सिवाकोटीले बताइन् । बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरू छनोट गरी काम गरीरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार