Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कुमारी बैंक र भिजन कार्टबीच सम्झौता

कुमारी बैंक र भिजन कार्टबीच सम्झौता

शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं । कुमारी बैंकका ग्राहकले काठमाडौंको बूढानीलकण्ठमा रहेको भिजन कार्ट प्रालिमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको छ ।

    सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई क्लिनिकले प्रदान गर्ने सेवामा आकर्षक छुट पाउने छन् ।

    images

    सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले भिजन कार्टको ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४ हजार रुपैयाँसम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

    यसैगरी पार्टनर रिफेरल केन्द्रमा आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सन ग्लासमा १० प्रतिशत छुट र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श उपलब्ध हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार