Oct 29 2026 | २०८३ कार्तिक १३ गते

रवि लामिछानेको बयान जारी

रवि लामिछानेको बयान जारी

सोमवार, मंसिर १७ २०८१
  • काठमाडौंको सरकारी वकिल कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरू भएको छ।

    सोमबार मध्याह्न १२ बजेदेखि लामिछानेको बयान सुरू भएको हो। उनलाई काठमाडौंमा तीन दिनदेखि बयान लिइँदै आएको छ।

    images

    स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी हरि खतिवडाले उनको बयान लिइरहेका हुन्।

    लामिछानेको बयान सकेर कास्की लग्ने तयारी छ। उनीमाथि सहकारी बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर छ।

    त्यहाँबाट जिल्ला प्रहरी कार्यालय चितवन लग्ने तयारी छ। पूर्व डिआइजी छविलाल जोशी, कुमार रम्तेलको बयान काठमाडौंमा भइसकेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार