Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

साउदीमा थप ६२ जनालाई ‘एक्जिट भिसा’

साउदीमा थप ६२ जनालाई ‘एक्जिट भिसा’

सोमवार, मंसिर १७ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर विभिन्न समस्या झेलिरहेका थप ६२ जना नेपाली श्रमिकले बहिर्गमन ‘एक्जिट’ भिसा पाएका छन् । साउदीस्थित नेपाली राजदूतावासको समन्वयमा त्यहाँको अध्यागमन कार्यालयले. हुरुब (कम्पनी छोडेर भागेका) लागेका र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका उनीहरुलाई एक्जिट भिसा दिएको हो ।

    साउदीले एक्जिट भिसा दिन थालेयता झण्डै पाँच हजार नेपालीहरु स्वदेश फर्किसकेको दूतावासले जनाएको छ । गैरकानुनीरुपमा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्कन दिने नीतिअनुरुप साउदी अध्यागमनले विदेशी श्रमिकलाई एक्जिट भिसा दिइरहेको छ । एक्जिट भिसा प्रक्रिया निःशुल्क हुने भएकाले यसबापत कुनै पनि निकायमा शुल्क बुझाउनु नपर्ने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    images

    इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरुब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ गरिदिने दूतावासले प्रस्ट पारेको छ । साथै भिसा दिने सम्पूर्ण अधिकार साउदी अध्यागमन कार्यालयसँग मात्रै हुने उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार