Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए : बीआरआईबारे पनि छलफल हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए : बीआरआईबारे पनि छलफल हुने

आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।सोमबारदेखि सुरू हुन लागेको चीन भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्नेगरी बैठक डाकिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने तयारी छ ।बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाबारे छलफल गरेर तिनलाई अन्तिम रुप दिने तयारी छ ।

    images

    यो बैठकमा चीनसँग हुन गइरहेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौताबारे पनि छलफल हुने बताइएको छ ।

    प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै हिमालयन एयरलाइन्सको जहाजमार्फत् चीनको बेइजिङ प्रस्थान गर्दैछन् ।ओलीसँग मन्त्रीसहित ३९ जना सरकारी अधिकारी जाने भएका छन् । त्यसैगरी निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।

    प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन् । जहाँ ओलीसँग मंसिर १८ मा त्यहाँस्थित राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने भएका छन् ।प्रधानमन्त्रीको टोली चार दिने भ्रमण पूरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार