Oct 29 2026 | २०८३ कार्तिक १३ गते

केही पनि परिवर्तन नगरी सार्वजनिक भयो मौद्रिक नीतिको समीक्षा

केही पनि परिवर्तन नगरी सार्वजनिक भयो मौद्रिक नीतिको समीक्षा

शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले गरेका सबै व्यवस्थालाई यथावत् राख्दै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

    अहिले राष्ट्र बैंकले मौद्रिक नीतिको नीतिगत दरलाई ५ प्रतिशतलाई यथावत् राखेको छ । ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३ प्रतिशत र माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ ।त्यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ ।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार