Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायल र हिजबुल्लाह युद्धविराम निकट : अमेरिकी अधिकारी

इजरायल र हिजबुल्लाह युद्धविराम निकट : अमेरिकी अधिकारी

मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौँ । इजरायल र लेबनान युद्धविरामको सम्झौता नजिक पुगेका इजरायली र अमेरिकी अधिकारीहरूले जनाएका छन्। यसबारे छलफल गर्न इजरायली मन्त्रिपरिषद्को बैठक आज बस्ने बीबीसी समाचारमा उल्लेख छ ।

    इजरायल र लेबनानमा रहेको इरान समर्थित शिया सशस्त्र समूह हिजबुल्लाहबीचको लडाइ अन्त्य गर्न ६० दिनको युद्धविराम प्रस्ताव गर्न सकिने जनाइएको छ।

    images

    सम्झौतामा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता गर्ने र उक्त क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको पनि अन्त्य गर्ने कुरा समावेश छ।

    अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने, 'हामीलाई लाग्छ कि हामी युद्धविरामको नजिक पुगेका छौं।'

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार