Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । आज २०८१ साल मंसिर ११ गते मंगलबार सन् २०२४ नोभेम्बर २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    सोमबारको तुलनामा मंगलबार अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ। त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा कायम भएको छ।

    images

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन रुपैयाँ ९१ पैसा, घटेको युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ तोकिएको छ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २१ र बिक्रीदर चार सय ३९ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५७ पैसा तय भएको छ।

    यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ १० पैसा तय भएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार