Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख

‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख

सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ २६औं दिनमा प्रदर्शनरत छ । सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनिसकेको यसको कमाईको रफ्तार अहिले पनि गज्जबकै छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २४ दिन अर्थात् शनिबारसम्मको आम्दानी सार्वजनिक गरेको छ ।

    फिल्मले ४३ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको वितरक मनोज राठीले जानकारी दिए ।

    images

    सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा रहेका छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी, जान्वी पौडेललगायतको यसमा अभिनय रहेको छ ।

    सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् । यो चलचित्र गन्धर्व परिवारको कथावस्तुमा आधारित छ । चलचित्रले एउटा बुबाले छोराको सफलताका लागि गरेको सङ्घर्षको कथा समेटेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार