Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युद्धविराम पछिपनि इजरायलमा हिजबुल्लाहको सबैभन्दा ठूलो आक्रमण, एकै पटक २५० मिसाइल प्रहार

युद्धविराम पछिपनि इजरायलमा हिजबुल्लाहको सबैभन्दा ठूलो आक्रमण, एकै पटक २५० मिसाइल प्रहार

सोमवार, मंसिर १० २०८१
  • काठमाडौँ । इजरायल र लेबनानको हिजबुल्लाहबीच युद्धविराम भएपछि पनि हिजबुल्लाहले इजरायलमा २५० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको छ।

    आइतबार हिजबुल्लाहले इजरायलमा २५० भन्दा बढी ड्रोन आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ। यो अक्टोबर ७, २०२३ पछि १३ महिनामा इजरायलमा भएको अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमण हो।

    images

    यति मात्र होइन, पहिलो पटक हिजबुल्लाहले इजरायलको राजधानी तेल अवीवमा रहेको इजरायली गुप्तचर अड्डाहरूलाई पनि निशाना बनाएको थियो।इजरायली पुलिसका अनुसार आक्रमणहरू तेल अवीवको पूर्वी भाग पेटाह टिक्वामा भएको थियो। यसमा धेरैलाई सामान्य चोटपटक लागेको छ। हिजबुल्लाहले तेल अवीव र नजिकैका दुईवटा सैन्य आधारमा मिसाइल प्रहार गरेको बताएको छ।

    हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफसहित ६३ जनाभन्दा बढीको मृत्यु हुने गरी इजरायलले गरेको आक्रमणको प्रतिक्रियाको रूपमा हिजबुल्लाहले यो आक्रमणलाई लिएको छ।बेरुतमा शनिबार इजरायली आक्रमणमा २९ लेबनानी मारिनुका साथै ६५ भन्दा बढी घाइते भएका थिए।

    हिजबुल्लाहको आक्रमणका कारण इजरायली ट्याङ्कहरू र सैनिकहरू दक्षिणी लेबनानको अल-बायदा क्षेत्रको रणनीतिक पहाडबाट पछि हट्न बाध्य भएको समाचारमा उल्लेख छ।

    एन्टि-ट्याङ्क मिसाइलहरूले आक्रमण गरेको हिजबुल्लाहले हाइफा सहर नजिक रहेको इजरायली सैन्य अखडालाई पनि निशाना बनाएको थियो। हिजबुल्लाहले हाइफाको उत्तरमा रहेको ज्वालुन मिलिटरी इन्डस्ट्रिज बेसमा पनि मिसाइल प्रहार गरेको जनाएको छ।एजेन्सी

    sharethis sharing button

     

     
     
     
     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार