Oct 28 2026 | २०८३ कार्तिक १२ गते

हिजबुल्लाह–इजरायलबीच तत्काल युद्धविराम गर्न जोसेप बोरेलको आग्रह

हिजबुल्लाह–इजरायलबीच तत्काल युद्धविराम गर्न जोसेप बोरेलको आग्रह

सोमवार, मंसिर १० २०८१
  • काठमाडौँ ।  युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले लेबनानको राजधानी बेरूतको भ्रमणका क्रममा इजरायल–हिजबुल्लाह युद्धमा ‘तत्काल युद्धविराम’ गर्ने वार्ता शुरू गर्न आह्वान गर्नुभएको छ ।

    सेप्टेम्बर २३ देखि इजरायलले लेबनानमा आफ्नो हवाई अभियानलाई तीव्र बनाएको छ । हिजबुल्लाहले आफ्नो सहयोगी हमासको समर्थनमा लगभग एक वर्षको सीमित हवाई आक्रमणपछि इजरायलले हिजबुल्लाहविरूद्धको आक्रमणलाई तीब्र बनाएको हो । 

    images

    लेबनानी संसदका सभामुख नाबिह बेरीलाई भेटेपछि बोरेलले भन्नुभयो, “हामी तत्काल युद्धविराम र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयनको एउटा मात्र सम्भावित बाटो देख्छौं।”

    प्रस्ताव १७०१ ले सन् २००६ को हिजबुल्लाह–इजरायल युद्धको अन्त्य गरेको थियो र लेबनानी सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरू देशको दक्षिणमा एक मात्र सशस्त्र बल हुनुपर्ने उल्लेख गरेको थियो। प्रस्ताव १७०१ ले इजरायललाई लेबनानबाट सेना फिर्ता गर्न पनि आह्वान गरेको छ ।

    बोरेलले आइतबार भन्नुभयो, “सेप्टेम्बरमा म आएको थिएँ । हामी लेबनानमा आक्रमण गर्ने इजरायलको पूर्ण युद्ध रोक्न सक्छौँ भन्ने लागेको थियो । त्यसो हुन सकेन ।”उहाँले भन्नुभयो, “दुई महिनापछि लेबनानमा मानवीय तथा आर्थिक सङ्कट व्यापक भएको छ ।”

    फ्रान्स र वासिङ्टनले युद्धविराम प्रयासको नेतृत्व गरिरहेका छन् । अमेरिकी दूत अमोस होचस्टीनले यसै साता लेबनान र इजरायलको भ्रमण गरी प्रस्ताव १७०१ को कार्यान्वयनका आधारमा युद्धविराम योजनाबारे छलफल गर्नुभएको छ । 

    “हामीले इजरायली सरकारलाई दबाब दिनुपर्छ र युद्धविरामका लागि अमेरिकी प्रस्ताव स्वीकार गर्न हिजबुल्लाहमाथि दबाब कायम राख्नुपर्छ,” बोरेलले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार