Oct 29 2026 | २०८३ कार्तिक १३ गते

युक्रेन नरोकिए रुसले निर्णायक जवाफ दिने

युक्रेन नरोकिए रुसले निर्णायक जवाफ दिने

शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व पश्चिमबाट उक्साइएको बताएका छन् । रुसको कुर्स्क र ब्रायनस्क क्षेत्रमा पश्चिमी मिसाइलद्वारा आक्रमण गरिएपछि विश्वव्यापी रूपमा द्वन्द्व फैलिन सक्ने उनले बताए ।

    युक्रेन नरोकिए रुसले निर्णायक जवाफ दिने उनले चेतावनी दिए । उनले रुसमाथि आक्रमण गर्ने देशका विरुद्ध हतियार प्रयोग गर्ने अधिकार आफूहरूसँग रहेको बताए ।

    images

    अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीलाई ध्वस्त गर्ने रुसले नभई संयुक्त राज्य अमेरिकाले भएको उनले बताए । उनले ‘शत्रु’माथि कारबाहीका निम्ति रुसले नयाँ मध्यम दूरीको ब्यालिस्टिक मिसाइल ओरेश्निकको सफल परीक्षण गरेको पुष्टि गरे ।
     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार