Oct 28 2026 | २०८३ कार्तिक १२ गते

तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?

तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?

शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौं ।  साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । 

    images

    अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । 

    यस्तै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो ।  जसअनुसार शुक्रबार तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार