Oct 28 2026 | २०८३ कार्तिक १२ गते

२६८० विन्दुमा नेप्से, ८ अर्ब २५ करोडको सेयर किनबेच

२६८० विन्दुमा नेप्से, ८ अर्ब २५ करोडको सेयर किनबेच

बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३१.३१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो दिन बजार परिसूचक १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा झरेको हो ।

    आज बजारमा सेयर बजारमा १ करोड ८४ लाख कित्ता सेयर किनबेच भयो । जसबाट ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    images

    आज बजारमा कारोबार भएका कुल २४४ वटा कम्पनीमध्ये १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने चार वटाको मूल्य स्थिर रहेको छ ।

    आज सामुदायिक लघुवित्त र त्रिस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज बजारमा रहेका १३ मध्ये सबै उपसमूहको सूचक घट्दा सबैभन्दा धेरै फाइनान्स समूह २.८६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार