Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका  सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । 

    पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न नेपाल आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलिबच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले बताए । 

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल  भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार