Oct 28 2026 | २०८३ कार्तिक १२ गते

माल्दिभ्सले ३ नेपालीलाई गर्‍यो निष्काशन (डीपोर्ट)

माल्दिभ्सले ३ नेपालीलाई गर्‍यो निष्काशन (डीपोर्ट)

बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा माल्दिभ्सले ३ नेपालीलाई निष्काशन (डीपोर्ट) गरेको छ। माल्दिभ्सको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निशान तामाङ, विनोद तामाङ (घिसिङ) र सुकुलाल तामाङलाई नेपाल ‘डीपोर्ट’ गरिएको स्रोतले बताएको छ।

    माल्दिभ्स सरकारले उनीहरु तीनै जनालाई एयर इन्डियाको जहाजबाट नेपाल फिर्ता पठाइएको थियो। 

    images

    उनीहरु मंगलबार काठमाडौं आइपुगेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ। ‘माल्दिभ्सको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डीपोर्ट गरिएको छ। उनीहरू ३ जना दिल्ली हुँदै नेपाल आइपुगेका छन्,’ स्रोतले भन्यो।

    उनीहरुले माल्दिभ्समा अध्यागमन कानुन उल्लंघन गरेपछि पक्राउ परी नेपाल पठाएको हो। यद्यपी उनीहरुले के-कति उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन । पछिल्लो समयमा दक्षिण कोरिया, अमेरिका, मलेसिया, रोमानियालगायतका देशका सरकारले त्यहाँका विदेशी कामदारहरूको निगरानी गर्दै आएको छ। जसमा नेपालीहरु डीपोर्टमा परेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार