Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेवानिको मकालु उडाउने तयारी, युरोपमा सी’चेकपछि आइपुग्यो काठमाडौं

नेवानिको मकालु उडाउने तयारी, युरोपमा सी’चेकपछि आइपुग्यो काठमाडौं

मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं । नेपाल वायुसेवा निगमको ९-एएलजेड जहाज सी-चेकपश्चात काठमाडौं आइपुगेको छ ।

    नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी ९-एएलजेड (मकालु)को जहाज नियमित सी-चेकको मर्मतपश्चात युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन-एफएए)बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल सङ्गठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी-चेकको मर्मतसम्भार सम्पन्न गरी सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

    images

    उनका अनुसार नियमानुसार प्रक्रिया पूरा गरी जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं अवतरण गरेको हो । निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरु इयुमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाज युरोपीयन मुलुक इटालीको नेपल्समा मर्मतसम्भार भएको बताए ।

    जहाजसहित निगमका चारवटै जहाजले निगमको अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै हवाई यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । रासस  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार