Oct 28 2026 | २०८३ कार्तिक १२ गते

डीपोर्ट

३४ जना नेपाली विद्यार्थीलाई 'डीपोर्ट' गर्न रुसी अदालतको आदेश

३४ जना नेपाली विद्यार्थीलाई 'डीपोर्ट' गर्न रुसी अदालतको आदेश

मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं । रुसको अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम स्वीकृति निलिइ काम गरिरहेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट गर्न आदेश दिएको छ ।

    विद्यार्थीले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरिरहको भन्दै अदालतले उनीहरुलाई नेपाल डिपोर्ट गर्ने फैसला सुनाएको हो ।

    images

    उनीहरुले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटको कल सेन्टरमा काम गरिरहेका थिए । जहाँबाट उनीहरुलाई पक्राउ गरिएको थियो । तिमध्ये १२ जना महिला हुन् ।

    विद्यार्थी भिसामा रुस पुगेका उनीहरुले काम गर्ने अनुमति पाएका थिएनन् । गत कार्तिक १४ गते उनीहरुलाई रुसको अभ्यागमन विभागका अधिकारीले पक्राउ गरेका थियो ।

    सोपुछको क्रममा उनीहरुले विश्वविद्यालयमा अध्ययन गरिरहेको कागज पनि देखाउन नसकेको आरोप पनि लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार