Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्र बैंकले एक वर्षमा कमायो साढे ७३ अर्ब

राष्ट्र बैंकले एक वर्षमा कमायो साढे ७३ अर्ब

सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षमा साढे ७३ अर्ब रुपैयाँ खुद आम्दानी गरेको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकले ७३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ बराबर खुद आम्दानी गर्न सफल भएको बैंकले आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको विवरणमा उल्लेख छ ।

    images

    नेपाल राष्ट्र बैंकले यस आवमा अघिल्लो आवको तुलनामा २१.९६ प्रतिशत धेरै आय गर्न सफल भएको छ ।

    यस वर्ष खुद मुनाफाबाट आवश्यक कोषहरूमा राख्नु पर्ने रकम छुट्याएर ३७ अर्ब २२ करोड ३८ लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको समेत राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार