Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भिजिट भिसा दुरुपयोग

भिजिट भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गरिने

भिजिट भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गरिने

सोमवार, मंसिर ३ २०८१
  • काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिजिट भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गर्ने भएको छ। श्रममन्त्री शरतसिंह भण्डारीको संयोजकत्वमा बसेको बैठकले अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको हो।

    छलफलका क्रममा अध्यागमन विभागका महानिर्देशक, वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख, अध्यागमन कार्यालय प्रमुखको सहभागिता रहेको थियो।

    images

    छलफलपछि भिजिट भिजिट भिसाको दुरुपयोग रोक्ने सम्बन्धमा १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन पेस गर्ने निर्णय गरिएको हो। महाशाखा प्रमुख जीवलाल भुसालको संयोजकत्वमा अध्ययन गर्ने समितिमा अध्यागमन विभाग, गृह मन्त्रालय लगायतका सरोकारवाला मन्त्रालयको प्रतिनिधि रहनेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार