काठमाडौँ । सञ्चालनमा ल्याएको दुइ महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए ।
निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको उनको भनाइ छ। ‘लिफ्ट बिग्रिएर केहि दिनअघिदेखि बन्द गरेको हो । बनेपछि सञ्चालनमा आइहाल्छ,’ उनले भने ।
२०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो ।



