Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा समस्या, सेवा प्रभावित

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा समस्या, सेवा प्रभावित

आइतवार, मंसिर २ २०८१
  • २ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार बोर्डले चलाइरहेको सफ्टवेयरमा समस्या आएपछि बोर्ड दिने सेवा प्रभावित भएको छ ।

    बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अंगभंग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरण लगायतको काम रोकिएको हो ।

    images

    वैदेशिक रोजगार सन्तती छात्रवृत्ति प्रदानमा प्रयोग हुने सफ्टवेयरको सर्भरमा केही दिनदेखि समस्या आइरहेको बोर्डले सूचना जारी गरेर जानकारी दिएको छ । सर्भर मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले जानकारी दिएको छ ।

    ‘यस सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता वितरणमा पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं,’ बोर्डले सूचनामा भनेको छ । इमेल मार्फत वा भौतिक रुपमा उपस्थित भई दिएको निवेदन संकलन कार्य निरन्तर रुपमा सुचारु भइरहेको सूचनामा उल्लेख छ ।

    Baideshik-rojgar-Board.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार