काठमाडौं : मानव तस्करीको आरोपमा कैलाली गौरीगङ्गा न.पा–२ का तेजराम चौधरी पक्राउ परेका छन् ।
पक्राउ परेका चैधरी हाल ललितपुर, झम्सीखेल बस्दै आएका थिए । ४१ वर्षीय उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार चौधरीलाई अमेरिका पठाइदिन्छु चार जना पीडितबाट पटक–पटक गरी रु एक करोड १८ लाख ५९ हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
चौधरीले ब्राजिलको वर्किङ भिसालगाई श्रम स्वीकृति समेत निकाली पिडीतहरुलाई फिलिपिन्स पु¥याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको र उनीहरु स्वदेश फर्केपछि पुनः दिल्ली पु¥याइ होटलमा बन्धक बनाई फेरि रु ३९ लाख असुलेपछि होटलबाट मुक्त गराएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी प्रवक्ता ढकालले दिए ।
केही समय ब्राजिलमा काम गरेपछि फिलिपिन्स हुँदै अमेरिका लगिदिने आश्वसन दिएका पिडकबारे थप अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको छ ।



