Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विदेश पठाइदिने बहानामा ठगी गर्ने तीन पक्राउ

विदेश पठाइदिने बहानामा ठगी गर्ने तीन पक्राउ

आइतवार, मंसिर २ २०८१
  • काठमाडौं । विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन, भरतपुर महानगरपालिका–४ त्रिचोकका २५ वर्षीय सुरज कँडेल, भरतपुर महानगरपालिका–१० ज्ञानदर्शन टोलकी ३६ वर्षीया शारदा सुवेदी र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ घर भइ भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला रहेका छन् ।

    पक्राउ परेकामध्ये चितवनका सुरजले बेलायतमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक लाख रुपैयाँ, शारदाले पनि बेलायत पठाइदिन्छु भन्दै एक लाख र प्रितिकाले दुबई पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ परेका उनीहरुलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार