Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भिजिट भिसामा कुवेत पुर्याएर मानव बेचबिखन गर्ने धादिङका बराकोटी पक्राउ

भिजिट भिसामा कुवेत पुर्याएर मानव बेचबिखन गर्ने धादिङका बराकोटी पक्राउ

मंगलवार, बैशाख २५ २०८१
  • काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याएर मानव बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    उनलाई धादिङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  

    images

    प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ का ४७ वर्षीय श्यामबाबु बराकोटीलाई पक्राउ गरिएको हो । 

    उनीविरुद्ध २०७९ माघ २५ गते मानव बेचबिखनविरुद्ध मुद्दा परेको थियो । नेपालबाट युवा–युवती कुवेत पुर्याई उनीहरुको कागजात नियन्त्रणमा लिएर श्रीलंकन एजेन्टलाई जिम्मा लगाएको भनि उजुरी परेको थियो । 

    बराकोटीले बेचबिखन गरी बन्धक बनाइएका नेपालीले तस्करलाई पाँच लाख बुझाएको प्रहरीले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार