Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्रपति पौडेललाई कतारमा स्वागत

राष्ट्रपति पौडेललाई कतारमा स्वागत

आइतवार, कार्तिक २५ २०८१
  • दोहा । राष्ट्रपति रामचन्द्र पौडेल कोप-२९ मा सहभागी हुन अजरबैजान जाने क्रममा आइतबार राति कतार आइपुगेका छन् ।

    बाकुमा सोमबारदेखि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन जाने क्रममा राष्ट्रपति पौडेल कतार आइपुगेका हुन् ।

    images

    उनलाई यहाँस्थित विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राईलगायत दूतावासका कर्मचारीले स्वागत गरे ।

    सो भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको छ ।

    राष्ट्रपति पौडेल आइतबार दोहाबाट अजरबैजानको बाकु प्रस्थान गर्ने कार्यक्रम छ ।

    कोप –२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।

    यही कात्तिक २६ गतेबाट शुरु हुने सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार