काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा दवरबहादुर क्षेत्री ((डीबी)लाई मनोनीत गरिएको छ ।
शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले क्षेत्रीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
केन्द्रीय सदस्य क्षेत्री लामो समयदेखि पार्टीमा क्रियाशिल हुँदै आएको सापकोटाले बताए ।
ओमान लगायतका विभिन्न देशमा व्यवसाय गर्दै आएका उनी प्रवासमा पार्टीको सांगठानिक विस्तारमा उत्तिकै सक्रिय छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)मा समेत आवद्ध श्रेत्री विगत लामो समयदेखि मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि आवाज मुखरित गर्दै आएका छन् ।
क्षेत्रीले पार्टीमा देखाएको सक्रियताको मूल्यांकन गर्दै माओवादी केन्द्रले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको प्रवक्ता सापकोटाले बताएका छन् ।



