Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

भिजिट भिसामा कुवेत जान लागेका २२ युवतीलाई विमानस्थल अध्यागमनले फर्कायो

भिजिट भिसामा कुवेत जान लागेका २२ युवतीलाई विमानस्थल अध्यागमनले फर्कायो

शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेका लागेका २२ जना युवतीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता भएका छन् ।

    मानवतस्करीको आशंकामा विमानस्थल अध्यागमनले उनीहरुलाई फर्काइदिएको हो ।

    images

    उनीहरु हिमालयन एयरलाइन्सको बिहीबार राति ९ः४५ को उडानबाट कुवेत जान लागेका थिए । दुबईहुँदै कुवेत जान लागेका उनीहरूसँग एकातिरको बोर्डिङ पास र अर्कातिरको भिसा भएको फेला परेपछि राति नै फिर्ता गरिएको विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईले बताए ।

    ‘टिकट पनि एकतर्फी मात्रै रहेछ’ भट्टराईले भने, ‘बदमाशी प्रष्ट देखिएपछि हामीले फिर्ता गरेका हौं ।’

    भट्टराईका अनुसार उनीहरुसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास थियोे । घटनामा कसैलाई पक्राउ गरिएको छैन । एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । तर, पछि छोडियो ।

    नेपाली युवती भिजिट भिसामा विभिन्न मुलुक जाने र अवैध रूपमा विभिन्न श्रमजन्य कार्यमा संलग्न हुने कारण सरकारले त्यसलाई नियमन र व्यवस्थापनको काम अगाडि बढाएको थियो ।

    विमानस्थल अध्यागमनका पूर्वप्रमुख गोविन्दप्रसाद रिजालको संयोजकत्वमा कार्यदल समेत बनाइएको थियो । तर, एक महिनाअघि उनी त्यहाँबाट सरुवा भई अध्यागमन विभागको महानिर्देशक भएपछि भिजिट भिसालाई नियमन गर्ने काम रोकिएको छ ।

    भिजिट भिसाको विकृति नियन्त्रण जरुरी भएको वर्तमान प्रमुख भट्टराई पनि स्वीकार गर्छन् । ’के गर्दा नियन्त्रण गर्न सकिन्छ भन्नेबारे हामी अध्ययन र छलफलकै क्रममा छौं’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार